नियम २३
परिचयपत्र लगाउनु पर्ने
: (१) निरीक्षण अधिकृतले निरीक्षण, जाँचबुझ वा खानतलासी गर्ने क्रममा विभागले उपलब्ध गराएको अनुसूची-२ बमोजिमको ढाँचाको परिचयपत्र अनिवार्य रूपमा लगाउनु पर्नेछ। (२) सरोकारवाला व्यक्ति वा अधिकार प्राप्त निकायले परिचयपत्र हेर्न चाहेमा त्यस्तो परिचयपत्र निजलाई देखाउनु निरीक्षण अधिकृतको कर्तव्य हुनेछ।